प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 12:43:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्तालाई उत्प्रेरणा  दिने उद्धेष्यले ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम आयोजना गरेको छ । शनिवार आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७०० भन्दा बढी अभिकर्ताहरुको सभागिता थियो । 

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न ऊर्जा प्रदान गरेका थिए ।  यसैगरी, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरुलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कहिं कतै बाधा आए कम्पनीले सधंै सहजीकरण गर्ने बताए  । 

त्यस्तै,  स्वागत मन्तब्य  व्यक्त गर्दै कम्पनीका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि पनि हो भन्दै आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न अभिकर्ताहरुलाई प्रोत्साहन गरेका थिए ।

कार्यक्रममा कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्रीकला सम्बन्धी तालिम दिएका थिए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved