प्रभु महालक्ष्मीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ७५ प्रतिशत छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 09:51:26 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने भएको छ। इन्स्योरेन्सले पुनर्जागरण गर्दा बीलम्ब शुल्क छुट दिने जनाएको हो ।

बीलम्ब शुल्क छुट पाउनको लागे वैशाख ३१ गतेसम्म व्यतित बीमालेख पुनर्जागरण गर्नुपर्ने हुन्छ । सो मितिसम्म नवीकरण तथा पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा ७५% छुट दिने कम्पनीले जनाएको छ ।

तर, समुन्नती जीवन बीमा योजनामा भने यस्तो छुट प्रदान नगर्ने कम्पनीले जनाएको छ ।

शर्तहरुः

१) यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२) यस भन्दा पहिले बिलम्ब छुट सुविधा प्रप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved