सूर्यज्योति लाईफमा रोजगारीको अवसर, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 12:47:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाईफ ईन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो । 

बाग्लुङ, चितवनको पर्सा, दमक, जोमसोम, लेखनाथ र मनहरी शाखाको शाखा प्रमुखको लागि आवेदन आह्वान गरेको कम्पनीले जनाएको छ । यसका लागि कम्तिमा स्नातक तह पास गरेको शैक्षिक योग्याता हुनुपर्ने कम्पनीले जनाएको छ । यसैगरी, बीमा, बैंकिङ्ग र वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । २१ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

यस्तै, कम्पनीले भोजपूर, भोर्लेटार, भोटेवडार, भोटेचौर, चनौलि, छिन्चु, दिक्तेल, डुम्रे, जोमसोम, कालिकोट, मनाहरी र रसुवा शाखाको लागि ट्रेनी अशिस्टेन्ट माग गरेको हो । जसकालागि कम्तिमा १२ पास गरेको हुनुपर्ने छ । १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हेर्नुस् सूचना:


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved