रोजगारीका लागि भारत जानेलाई पनि म्यादी जीवन बीमा अनिवार्य गर्न प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 04:31:07 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीका लागि भारत जाने श्रमिकका लागि पनि म्यादि जीवन बीमा अनिवार्य गर्न नेपाल बीमा प्राधिकरणले नेपाल सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको नीति ताथा कार्यक्रममा समावेश गर्नुपर्ने बीमाको विषयका बारेमा प्राधिकरणले अर्थ मन्त्रालय मार्फत प्रस्ताव तथा सुझाव पठाएको हो ।

सोहि सुझावमा भारतमा जाने श्रमिकका लागि पनि म्यादि जीवन बीमा अनिवार्य गर्नु पर्ने उल्लेख छ । हाल भारत बाहेक अन्य देशमा रोजगारीका लागि जाने वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था छ । अब, सो व्यवस्था भारतमा रोजगारीका लागि जानेहरुका लगि पनि अनिवार्य गर्नुपर्ने प्राधिकरणको सुझाव छ ।

यसका लागि आवश्यक कानुन निर्माण र संशोधन गनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved