२६ बर्षे यात्रामा नेशनल लाइफको सीईओ बने खत्री, कम्पनीको उच्च छवीलाई निरन्तरता दिने प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 04:05:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिको निर्णयलाई बीमा समितिले स्वीकृति प्रदान गरेपछि उनी सीईओमा नियुक्त भएका हुन् ।  

उनको कार्यकाल चार वर्षको हुनेछ । यस अघि नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा भरत बस्नेत रहेका थिए । बस्नेतको कार्यकाल सकिएसँगै कामु सिइओका रुपमा खत्री सोही कार्यरत थिए। 

नेशनल लाइफको सीईओमा नियुक्ति पाएका खत्रीले बीमा क्षेत्रको करियर पनि यहि कम्पनी मार्फत सुरु गरेका थिए।  एक्जुएटिभ एसिस्टेन्ट पदबाट नेशनल लाइफमा करियर सुरु गरेका खत्रीले २६ बर्षको अवधिमा सीईओको जिम्मेवारी पाएका हुन्।

उनले  एक्जुएटिभ एसिस्टेन्ट बाट म्यानेजर, त्यसपछि एसिस्टेन्ट जेनेरल म्यानेजरमा पदोन्नति पश्चात डिजिएम , डिसीओ हुँदै अहिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्।

यस २६ बर्षे यात्रामा कम्पनीको उतारचढावदेखि आन्तरिक तथा बाह्य व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका बिषयलाई नजिकबाट बुझेका खत्रीले कम्पनीले नेपालको बीमा क्षेत्रमा कायम गरेको छवीलाई निरन्तरता दिने आफ्नो पहिलो प्राथमिकता हुने बताए। 

उनि भन्छन्, 'संचालक समितिले विश्वास गरेर सीईओ को जिम्मेवारी दिएको छ, पहिलो प्राथमिकता भनेको नै यो विषम परिस्थितिमा पनि  कम्पनीले अहिलेसम्म बनाएको छवीलाई कायम गर्ने नै हो, व्यवसाय विस्तार त छँदैछ।' 

 नेशनल लाइफ इन्स्योरेन्स करिब ३३ बर्ष अगाडी स्थापना भाई सन् १९८८ देखि नेपालमा संचालनमा आएको जीवन बीमा कम्पनी हो। स्थापनाको बेला नेशनल लाइफ एण्ड जेनेरल इन्स्योरेन्स को नामले जीवन तथा निर्जीवन दुवै प्रकृतिको व्यवसाय गर्दथ्यो। तर पछि दुवै प्रकृतिको वीमाको काम एकै कम्पनीले गर्न नपाउने कानुनी व्यवस्थाअनुसार नेशन लाइफले जीवन बीमा कम्पनीको रुपमा मात्रै काम गर्दै आएको छ।

कम्पनीमा संस्थापक तर्फ ६५ प्रतिशत र सर्वसाधारण तर्फ ३५ प्रतिशत सेयर हिस्सा रहेको छ। संस्थापक मध्ये पनि ५२.८५ प्रतिशत सेयर हिस्सा नेपालका सेयरधनी र १० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकको रहेको छ भने २.१५ प्रतिशत विदेशी स्वामित्व रहेको छ। 

यस अवधिमा नेशनल लाइफको चुक्तापुंजी ३ अर्ब ३९ करोड रहेको छ भने चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भमा ८१ करोड १७ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved