अभिकर्तालाई ऋण नदिन बीमा समितिको निर्देशन, दिएको ऋण ३ महिनामा उठाउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 01:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले अभिकर्ताहरुलाई ऋण नदिन सम्पूर्ण जीवन बीमा समितिहरुलाई निर्देशन दिएको छ ।  समितिले तोकेको बाहेकको ऋण नदिन र त्यसरी दिएको ऋणको ३ महिना भिअत्र नै फरफारक गर्न समितिले निर्देशन दिएको हो ।

हाल बीमा कम्पनीले बिमितलाई बिमालेखको धितोको आधारमा र कम्पनीका कर्मचारीलाई सेवा शर्त नियमावली अनुसार कर्जा दिन सक्ने ब्यबस्था छ । यी बाहेक कम्पनीले अन्य कसैलाई पनि कर्जा तथा सापटी दिन नमिल्ने ब्यबस्था छ।

तर कम्पनीहरुले अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण दिन थालेपछि समितिले त्यस्तो कर्जा प्रवाह रोक्न निर्देशन दिएको हो । अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह भएको र त्यसप्रति ध्यानाकर्षण भएको समितिले जनाएको छ ।

संस्थागत शुशासन निर्देशिकामा अभिकर्तालाई कर्जा दिन सकिने ब्यबस्था भएपनि त्यसको लागि बीमा समितिले तोकेको हुनु पर्ने र हालसम्म यस बिषयमा समितिले केहि पनि नतोकेको समितिले प्रष्ट पारेको छ । साथै अभिकर्तालाई कर्जा दिने कुनै पनि प्रस्ताव स्वीकृत नभएको समितिले जनाएको छ । 

समितिले अभिकर्तालाई नियम बिपरित कर्जा दिईएको पाईएकोले थप कर्जा नदिन निर्देशक दिएको हो । साथै समितिले यस अघि दिईएका कर्जा २०७८ साल असार मसान्तसम फरफारक गर्न निर्देशन दिएको छ । समितिले १९ वटै जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो। यस्तो कर्जा ८ अर्ब भन्दा बढी रहेको बताईएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved