नेशनल पेमेन्ट गेटवे प्रकरणमा सचिव मरासिनीले पाए सफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 06:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) स्थापनामा अनियमितता गरेको आरोप लागेका सचिव मधुकुमार मरासिनीले विशेष अदालतबाट सफाई पाएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार सचिव मरासिनीलाई सफाई दिएको हो।

अदालतले उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । पौडेलको सजाय निर्धारणका लागि २५ वैशाखमा पेशी तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा सचिव मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई समेत मुद्दा दायर गरेको थियो । त्यस्तै रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीविजरुद्ध पनि मुद्दा दायर भएको थियो ।

अदालतका अनुसार विकल पौडेल बाहेक सबैले सफाई पाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved