हरिप्रसाद लम्साल सचिवमा बढुवा, यी हुन् मन्त्रीपरिषद्ले गरेका निर्णयहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 07:19:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहसचिव हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

यसैगरी बैठकले धानको समर्थन मूल्य पनि तोक्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद्ले गरेका निर्णयहरु:

१ . आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु। ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु। ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु। ६० अर्ब र स्थानीय तहहरूको लागि रु ८८ अर्ब स्वीकृत गर्ने ।

२. नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा श्री ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने ।

३. चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु। २७०७/२८ न्यूनतम समर्थन मूल्य तोक्ने । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने ।

४. नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने ।

५. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved