यस्तो छ आगामी टि २० विश्वकप खेल्ने श्रीलंकाको टिम, जेठ ३० गते नेपालसँग खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 08:15:29 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाले आगामी टि २० विश्वकप खेल्ने टिम घोषणा गरेको छ। श्रीलंकाले आज वानिन्दु हसरंगाको कप्तानीमा टिम घोषणा गरेको हो । 

आगामी टि २० विश्वकपमा नेपाल र श्रीलंका समुह डि मा रहेका छन् । नेपालले आगामी जेठ ३० अर्थात् जुन १२ मा श्रीलंकासँग खेल्ने छ। 

श्रीलंकाले घोषणा गरेको टिममा कुशल मेन्डिस, कमिन्दु मेन्डिस, एन्जलो म्याथ्युज, धनन्जय दि सिल्भा, महेश थिक्शाना,  लगायतका स्टार खेलाडी समावेश रहेका छन्

यस्तो छ साउथ अफ्रीकाको टिम: 

Wanindu Hasaranga (c), Charith Asalanka (vc), Kusal Mendis, Pathum Nissanka, Kamindu Mendis, Sadeera Samarawickrama, Angelo Mathews, Dasun Shanaka, Dhananjaya De Silva, Maheesh Theekshana, Dunith Wellalage, Dushmantha Chameera, Nuwan Thushara, Matheesha Pathirana, and Dilshan Madushanka

 समुह डि मा नेपाल र श्रीलंकासंगै बंगलादेश, साउथ अफ्रीका र नेदरल्याण्ड पनि छन् ।  

टि २० विश्वकप आगामी जुन २ अर्थात् जेठ २० गतेदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ । नेपालले यस अघि सन् २०१२ को टि २० विश्वकप खेलेको थियो । नेपालले १२ वर्षपछि विश्वकप खेल्न लागेको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved