‘वेस्ट इन्डिज ए’सँग खेल्ने नेपाली टोली घोषणा, आरिफ र आकाश समेटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 12:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु टोली नेपालले ‘वेस्ट इन्डिज ए’सँगको सिरिजका लागि टोली घोषणा गरेको छ । वेस्ट इन्डिज एसँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि नेपालले १६ सदस्य टोली घोषणा गरेको हो । 

टोलीमा हालै सम्पन्न भएको एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द परेका छन् । 

यस्तो छ नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका रुपमा यो सिरिजलाई लिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved