सनराइज होल्डिङ्गसले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटलले दिने भयो एडभाइजरी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 05:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एलएस क्यापिटल र सनराइज होल्डिङ्गस प्रालि बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सनराइज होल्डिङ्गस् प्रालिको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस प्रालिका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार एलएस क्यापिटलले सनराइज होल्डिङ्गस प्रालिलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नेछ । 

सन् २०१४ मा स्थापना भएको सनराइज होल्डिङ्गस प्रालिले  जलविद्युत्, यातायात, कृषि र पर्यटन जस्ता आवश्यकीय सरकारका प्राथमिक क्षेत्रहरूमा रणनीतिक रूपमा लगानी गर्दै आएको छ । कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ छ ।

धितोपत्र कारोबार, पोर्टफोलियो व्यवस्थापन, लगानी र परामर्श सेवामार्फत् पूँजीबजारमा सहभागी हुँदै कम्पनीले दिर्घकालीन तथा अल्पकालीन रुपमा विभिन्न लगानी योग्य क्षेत्रहरूको पहिचान गरी लगानीलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्य राखेको पनि बताएको छ ।

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले भने मर्चेन्ट बैंकिङ सम्बन्धी बृहत सेवाहरू प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved