सामान्य अंकले बढ्यो शेयरबजार, लघुवित्तमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 03:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । यो दिन नेप्से २.०६ अंकले बढेर १ हजार ९६०.८१ विन्दुमा  बन्द भएको छ । ।अघिल्लो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा बन्द भएको थियो । 

त्यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले बढेर ३४९.५८ विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१४ वटा कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर कारोबार हुँदा २ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । केहि दिन यतादेखि शेयर कारोबार भने घट्दै गएको छ । 

नेप्सेमा रहेका १३ उपसमूहमध्ये विकास बैंक,लघुवित्त, म्युचुअल फण्ड, अन्य उपसमूह बढेका छन् भने अन्य उपसमूह राताम्मे भएका छन् । यो दिन पनि विकास बैंक उपसमूह ०.३१ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन सबैभन्दा बढी लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमूह ०.७० प्रतिशतले बढेको छ । यसैगरी, म्युचुअल फण्ड उपसमूह ०.३० प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन सबैभन्दा बढी व्यापा उपसमूह १.०९ प्रतिशतले घटेको छ । यसका साथै वित्त उपसमूह भने १.०२ प्रतिशतले घटेको छ ।

बढी कमाउने र गुमाउने कम्पनीहरु

यस दिन केहि लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ । यो दिन सर्वाधिक कमाउने कम्पनीमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । त्यस्तै यो दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ । 

उता यो दिन  नै समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४६ प्रतिशतले बढेको छ  । यसैगरी, सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ७.४२ प्रतिशतले बढेको छ ।

उता, बोटलर्स नेपाल तराईको शेयरमूल्य ६.२३ प्रतिशतले घटेको छ । सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ५.९४ प्रतिशतले घटेको छ  । त्यस्तै, माउन्टेन हाइडो  नेपालको शेयरमूल्य चाहिं ५.८४ प्रतिशतले घटेको छ ।डोल्टी पावर कम्पनीको शेयरमूल्य पनि ५.१२ प्रतिशतले ओरालो लागेको छ ।

 यो दिन कारोबारका हिसाबमा सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ । उक्त कम्पनीको ८ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

त्यस्तै आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उता हिमालयन लघुवित्त वित्तीय संस्थाको भने ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved