सन नेपाल लाइफको खुद नाफा आधा अर्ब नजिक, प्रतिशेयर आम्दानी २०.५७ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 12:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बृद्धि भएको छ । कम्पनीले सोमबार जारी गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत विवरणमा कम्पनीको खुद नाफामा सामान्य बढोत्तरी देखिएको छ । 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ४४ करोड ४५ लाख १८ हजार रुपैयाँ थियो । यो अवधिमा कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी २०.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९४.११ रुपैयाँ, पीई अनुपात २९.०३ र प्रतिशेयर कुल सम्पतिको मूल्य ४२१.६४ रुपैयाँ छ । कम्पनीको चुक्तापूँँजी ३ अर्ब २० करोड रुपैयाँ छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved