सन नेपाल लाइफको साधारणसभा आह्वान, लाभांश र हकप्रदसहितका १० प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 08:33:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ ९ गते कलिकस्थाना स्थित अमृतभोग क्याटरिङमा सभा आह्वान गरेको हो  । 

कम्पनीको सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीको गत फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ   

 कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै सभामा २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ  ।   २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ   । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० ( NFRS बमोजिम ) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण छलफल गरी पारित गर्ने सम्वन्धमा ।

३ ) यस कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण छलफल गरी पारित गर्ने सम्वन्धमा ।

४) कम्पनीको आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००/- (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/- (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त ( वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित ) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम रु. ४,००,८४,२१० /- (अक्षरुपी चार करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

५) सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।

६) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव

१) आर्थिक बर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट यस कम्पनीको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००/- (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/- (अक्षरुपी छयहत्तर करोड सोह लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने सम्वन्धमा ।

२ ) प्रस्ताव नम्बर १ बमोजिम बोनस शेयर जारी गर्दा चुक्ता पूँजी रु. ३,९६,१६,००,०००/- (अक्षरुपी तीन अर्ब छयानब्बे करोड सोह्र लाख मात्र) कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात (१:०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्वन्धमा ।

३) उल्लेखित वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्न स्वीकृती गर्ने सम्वन्धमा ।

४) कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने सम्वन्धमा ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved