मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ) मा नयाँ नेतृत्व चयन भएको छ । निर्विरोध रुपमा ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन पछि सोमबार बसको कार्यसमिति सदस्यहरुको बैठकले पदाधिकारी चयन गरेको हो ।
जस अन्संसुअर घको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदी चयन भएका छन् ।
साथै, संघको नियम बमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।
त्यसका अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मालाई मनोनयन गरेको छ ।