फोनपेको अन्तर-आवद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 08:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो संजालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तर आबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यु.आर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्री पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस अन्तर - आबद्दताको साथमा, सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु. आर भुक्तानी गर्न सक्ने जनाइएको छ ।

उक्त कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाले मोरु डिजिटल वालेटलाई भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी भएको बतए । उनले साझेदारीले प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको उल्लेख गरे ।

समारोहमा खुसी व्यक्त गर्दै मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अबस्थित देशभरका १४ लाख व्यवसायीहरु माझ, मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुच पुर्याउन पाउँदा अत्यन्तै खुसी भएको बताए ।

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो । पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) एक एकीकृत एकीकृत निर्माण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट २०७६ साउन १५ गते सञ्चालन अनुमतिपत्र प्राप्त गरी नेपालको छैटौं भुक्तानी सेवा प्रदायकको रूपमा अस्तित्वमा आएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved