मनास्लुको हकप्रद साउन २३ गतेदेखि, यी स्थानबाट आवेदन दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 11:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

manasulu wikas bank800

मनास्लु विकास बैंकले साउन २३ देखि हकप्रद निष्काशन गर्ने भएको छ। बैंकले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

साउन ६ गतेसम्म कायम शेयरधनीले हकप्रदका लागी भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ९ लाख १७ हजार ६ सय ४९।५० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इच्छुक शेयरधनीहरुले बिक्रि प्रवन्धक प्रभु क्यापिटल लिमिटेड, बबरमहल काठमान्डौ तथा गोरखा विकास बैंकको केन्द्रिय तथा आरुनघाट, डुम्रे, नारायणघाट, दुलेगौडा, आँबु खैरेनी, पर्सामा रहेका शाखा कार्यालयहरुबाट हकप्रदका लागी आवेदन दिन सक्ने बैंकले जनाएको छ।

५० प्रतिशत हकप्रद वितरणपछी बैंकको चुक्ता पुंजी २७ करोड ५२ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १८ करोड ३५ लाख रुपैयाँ रहेको छ। कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापक ५१ र साधारण ४९ प्रतिशत रहेको छ बैंकले गत आर्थिक बर्षको तेस्रो त्रैमासिकको अवधिसम्म २ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

हकप्रद वितरणका लागी कम्पनीले इक्रा नेपालको ग्रेड ४ प्लस रेटिङ पाएको छ। ग्रेड ४ प्लस रेटिङ पाउनुले कम्पनीको वित्तीय अवस्था औषतभन्दा कम्जोर रहेको देखाउछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved