इन्डिगो एयरलाइन्सबाट एक किलो सुन बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 07:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद भएको छ । बिहिबार साँझ विमानस्थल परिसरबाट एक किलो सुन बरामद भएको हो ।

दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन बरामद भएको विमानस्थलले जनाएको छ । प्रहरीका अनुसार विमानस्थलमा विमानको सिटमा बेवारिसे अवस्थामा उक्त सुन रहेको थियो ।  सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved