प्रभु बैंकका ग्राहकलाई स्वस्तिक हेल्थ केयरमा छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 02:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टर बीच विशेष छूट सम्झौता भएको छ । एक समारोहका बीच उक्त सम्झौतापत्रमा प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकाल र स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा अमृश थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार अब बैंकका ग्राहक तथा कर्मचारीहरुले ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरुमा विशेष छूट पाउने छन् ।

छ्रूट सुविधा प्राप्त गर्न प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ । स्वस्तिक हेल्थ केयर सेन्टरले छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने बताएको छ ।

उक्त हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजमार्फत् नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५प्रतिशतसम्मको छूटको व्यवस्था छ ।

प्रभु बैंकले नेपालभर ३०२ वटा शाखा कार्यालयहरु, २८५ वटा एटीएमका साथै ७० वटा एक्सटेन्सन काउन्टरमार्पmत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिंदै आएको बताएको छ । 

कम्पनीले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बताएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved