एनआईसीद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान, अञ्जना बनिन् बैंकको ब्राण्ड प्रमोटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 11:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केहि समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women's Championship 2024  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको उक्त टोलीलाई सोमबार  आयोजित कार्यक्रममा बैंकले सम्मान  गरेको हो ।

साथै बैंकले अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो । बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

बैंकले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको उक्त टोलीमा आवद्ध खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सफलता प्राप्त होस  भन्ने कामना गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved