प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह अस्पतालमा छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 01:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले उक्त अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

उक्त अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायतका सेवा उपलब्ध गराउँदै आइरहेको बताएको छ । अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरुमार्फत् नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

उक्त अवसरमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा,दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका व्यापार प्रवरद्धन व्यवस्थापकको समेत उपस्थिति थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved