आगामी शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 07:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ८ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।  शनिवार भए पनि नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

विकास ऋणपत्र २०८४ 'ट' को अर्ध–वार्षिक ब्याज भुक्तानीका लागि वैशाख ८ गते शनिबार बिहान १० बजेदेखि १ः३० बजेसम्म  आरआरटीजीएस प्रणाली  संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ । र्सवसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved