सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्तरिम लाभांश स्थगन गर्न प्राधिकरणको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 04:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्तरिम लाभांश स्थगन गर्न निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले अन्तरिम लाभांश स्थगन गर्नलाई पत्र पठाएर कम्पनीलाई निर्देशन दिईएको बताए । 

कार्यकारी निर्देशक पौडेलका अनुसार कम्पनीले प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको हो । साथै कम्पनीले एकै आर्थिक वर्षमा दुई पटक लाभांश वितरण गर्न नपाउने उनको दाबी छ । कम्पनीले स्वीकृति माग गरेमा पनि अन्तरिम लाभांश बाड्न नपाउने उनको भनाई छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो

कम्पनीले नेप्से मार्फत लगानीकर्तालाई दिएको जानकारीमा  नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने उल्लेख थियो। 

 हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ।  प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ५३ करोड पुग्ने थियो 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved